बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पेरुमा कुकुर फ्याउरोमा परिणत भएपछि…

पेरुमा कुकुर फ्याउरोमा परिणत भएपछि…

  • बिहिबार, कार्तिक २५, २०७८
पेरुमा कुकुर फ्याउरोमा परिणत भएपछि…

लिमा–पेरुमा एउटा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएको छ । किनेको केहि महिनाको अन्तरालमै सो कुकुर फ्याउरोमा परिणत भएको हो । राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा कुकुरको छाउरो किनेका थिए । हस्की जातको कुकुर भनेर किनेका उनले कुकुरको नाम ‘रन रन’ नाम राखेका थिए ।

तर सो कुकुरले जंगली जनावरको सिकार थालेको भन्दै गाउँले र सम्बन्धित निकायका मानिसले उजुरी गर्न थालेपछि सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो । सो कुकुर किनेको करिब चार/पाँच महिनामै फ्याउँरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्याउरोमा परिणत भएको सो कुकुर जंगली जनावर भएको पेरुको राष्ट्रिय वन तथा वन्यजन्तु विभागले बताएको छ।

विभागका अनुसार तस्करहरुले अमेजोनियन क्षेत्रबाट अवैध रुपमा जंगली जनावर ल्याउने गरेको र राजधानी लिमालगायत शहरी क्षेत्रमा बेचविखन गर्ने गरेको पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार