• होमपेज
  • राजनीति
  • संविधानसभा सदस्य देबराज जोशी सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त

संविधानसभा सदस्य देबराज जोशी सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त

  • मङ्लबार, कार्तिक २३, २०७८
संविधानसभा सदस्य  देबराज जोशी सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त

बाजुरा —  संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेस बाजुराका पूर्व पार्टी सभापति देवराज जोशी सुदूरपश्चि प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।

सभापति शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेपछि जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस बाजुराबाट २०४८ सालका सांसदमा निर्वाचित जोशी संबिधानसभा सदस्य , नेपाली काँग्रेस बाजुराका पूर्व पार्टी सभापति , कांग्रेस महासमिति सदस्य समेत हुन् । शिक्षण पेसा त्यागेर राजनीतीमा आएका जोशी कांग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयउका अनुसार मन्त्री परिषद बैठकले सुदूरपश्चिम प्रदेशमा देवराज जोशी,कर्णाली प्रदेशमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।
अहिले कर्णाली प्रदेशमा गोविन्द्र कलौनी,प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाय यादव प्रदेश प्रमुख रहेका थिए । उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमसख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार