• होमपेज
  • समाचार
  • सिरहाको फर्निचर शोरुममा आगलागी, लाखौँको क्षति

सिरहाको फर्निचर शोरुममा आगलागी, लाखौँको क्षति

  • मङ्लबार, कार्तिक २३, २०७८
सिरहाको फर्निचर शोरुममा आगलागी, लाखौँको क्षति

सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत् सट भएर सोमबार आगलागी हुँदा लाखौँको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताए । जसमध्ये सबै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । आगो गोलबजार नगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिब एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार