• होमपेज
  • समाचार
  • डडेल्धुरामा बसको ठक्कर बाट बाईक चालक घाइते:बस चालक फरार

डडेल्धुरामा बसको ठक्कर बाट बाईक चालक घाइते:बस चालक फरार

  • मङ्लबार, कार्तिक २३, २०७८
डडेल्धुरामा बसको ठक्कर बाट बाईक चालक घाइते:बस चालक फरार

अर्थ जङ्ग शाही/बझाङ — डडेल्धुरामा बस र मोटरसाईकल एक आपसमा ठोक्किएका छन्। धनगढीबाट बझाङ्ग जाँदै गरेको सुन्दर सुदूरपश्चिम यातायातको ना-५ ख-९५ नम्बरको बस र विपरीत दिशामा गइरहेको से-४-प ५११५ नम्बरको मोटरसाईकल ठोक्किएका हुन्।

दुर्घटनामा गन्यापधुरा-३ का २३ वर्षीय मोटरसाईकल चालक सन्तोश बिष्ट घाइते भएका छन्। उनको चिरन्जिवी अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार यात्रु सकुसल रहेको र बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

स्याउले भन्दा १ किलोमिटरमाथि बस र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार