शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको खाद्य डिपोमा तिहारकै मुखमा चामल सकियो

बाजुराको खाद्य डिपोमा तिहारकै मुखमा चामल सकियो

  • सोमवार, कार्तिक २२, २०७८
बाजुराको खाद्य डिपोमा तिहारकै मुखमा चामल सकियो
फाइल तस्बिर

बाजुरा — घरमा चामल सकिए पछि बडिमालिका नगरपालिका वडा न ८ की धनमती रावल चामल लिन खाध्य डिपोमा पुगीन तर उनले चामल नपाएरै रित्तो हात फर्किन । बजारमा किन्न महोगो पर्ने र धेरै पैशा छैन तर खाध्यान्नको भरमा चामल लिन आए तर चामल नै पाइएन उनले भनिन । बाजुराको सदरमुकाम स्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन ।

खाद्य डिपोमा कार्तिक १७ गते सम्म बितरण भयो र त्यसपछि चामल सकिएपछि वितरण गर्न नसकेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका छन । डिपोमा चामल सकिएको भन्दै आकस्मिक बाहेक चामल बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाले बताएका छन । ओझाले भने अबकाे केही दिनमा ढुवानी भएर बाजुरा पुग्ने सम्भावना रहेकाे बताएका छन ।

जिल्लाका व्यापारीहरुले दशै तिहारको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार