शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग इङ्ल्यान्ड पराजित, अब सेमिफाइनल पुग्ने एउटा टोलीको टुङ्गो लाग्न बाँकी

टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग इङ्ल्यान्ड पराजित, अब सेमिफाइनल पुग्ने एउटा टोलीको टुङ्गो लाग्न बाँकी

  • आइतवार, कार्तिक २१, २०७८
टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग इङ्ल्यान्ड पराजित, अब सेमिफाइनल पुग्ने एउटा टोलीको टुङ्गो लाग्न बाँकी

शार्जाह : यूएईमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्ड दक्षिण अफ्रिकासँग पराजित भएको छ। पराजित भएपनि इङ्ल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ।

रनरेटका आधारमा इङ्ल्यान्ड समूह विजेता भयो भने अस्ट्रेलिया उपविजेता बनेको छ। योसँगै यी दुई टोली सेमिफाइनल प्रवेश गरेका छन्। समान खेलमा जित हात पारेको दक्षिण अफ्रिका भने समूह चरणबाटै बाहिरिएको छ। नेट रनरेटमा दुई टोलीभन्दा पछि पर्दै दक्षिण अफ्रिका बाहिरिएको हो।

शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई १० रनले पराजित गरेको थियो। फाराकिलो अन्तरको जित आवश्यक परेको दक्षिण अफ्रिकाले सोअनुसार जित हात पार्न नसकेको हो।

शार्जाह क्रिकेट रंगशालामा भएको खेलमा इङ्ल्यान्डले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्ता दिएको थियो। पहिलो ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७९ मात्र बनाउन सक्यो।

इङ्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३७ रन जोडे। त्यस्तै डविड मलनले ३३ र लिआम लिभिङ्स्टोनले २८ रन जोडे। दक्षिण अफ्रिकाका कगिसो रवाडाले ३ विकेट झारे। त्यस्तै डवेन प्रेटोरियसले २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रसी भान डेर डसेनले अविजित ९४ रन बनाएका थिए। उनले ६० बलमा ६ छक्का र ५ चौका हिर्काएका थिए। त्यस्तै अडेन माक्रमले नटआउट ५२ रनको योगदान गरेका थिए भने क्वीन्टन डे ककले ३४ रन जोडेका थिए।

इङ्ल्यान्डका मोइन अली र अदिल रशिदले १/१ विकेट लिएका थिए।

यो खेलसँगै समूह १ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। उता समूह २ बाट भने पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगिसकेको छ। दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ।

दोस्रो टोलीको निर्धारण आज अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेलबाट लाग्नेछ। न्यूजिल्यान्ड विजयी भएको खण्डमा सेमिफाइनल पुग्नेछ। तर अफगानिस्तानले न्यूजिल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेमा सेमिफाइनल पुग्ने भारतको सम्भावना बढी हुनेछ। यद्यपि भारतले भोलि नामिबियालाई फराकिलो अन्तरमा पराजित गर्नैपर्छ।

चर्चामा

सम्बन्धित समाचार