• होमपेज
  • समाज
  • श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या

  • आइतवार, कार्तिक २१, २०७८
श्रीमानद्वारा श्रीमतीको हत्या

दाङ – श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार