आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • समाज
  • कैलाली : मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

कैलाली : मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

  • आइतवार, कार्तिक २१, २०७८
कैलाली : मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा नाबालकसहित ३ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ मा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

टिकापुर तर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय श्रीराम चौधरी, उनकी २५ वर्षीय श्रीमती ज्ञानु चौधरी र ३ वर्षीय छोरा करन चौधरी घाइते भएका हुन् ।

छोराको अवस्था गम्भीर रहेको छ भने दुवै श्रीमान श्रीमती सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । लम्की अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल लम्की प्रहरीको नियन्त्रणमा छ ।

चर्चामा

सम्बन्धित समाचार