• होमपेज
  • समाज
  • बझाङको दुर्गाथली गाउँपालिकामा घाँस काट्ने क्रममा एक बालिकाको मुत्यु

बझाङको दुर्गाथली गाउँपालिकामा घाँस काट्ने क्रममा एक बालिकाको मुत्यु

  • शनिबार, कार्तिक २०, २०७८
बझाङको दुर्गाथली गाउँपालिकामा घाँस काट्ने क्रममा एक बालिकाको मुत्यु

अर्थ जङ्ग शाही

बझाङ–बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी सशिकला धामीको मृत्यु भएको हो।

उनको शुक्रबार दिउँसो १२ः ३० बजे घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ। उनी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार