• होमपेज
  • समाज
  • बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार

बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार

  • बुधबार, कार्तिक १७, २०७८
बाजुरा सदरमुकाममा रहेका मानशिक सन्तुलन गुमाएका दुई जनाको उद्धार

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीबाट मानसिक सन्तुलन गुमाएका २ जनाको उद्धार गरि धनगडी लगिएकाे छ । बाजुराकाे खप्तड छेडेदह गाँउपालिका वडा नं. ६ की मिना नेपाली र एक जना भारतिय नागरिकको उद्धार गरी मानव सेवा आश्रममा लगिएकाे हो । लामाे समय देखी सदरमुकाम मार्तडीकाे पेटीहरूमा देखीने एक महिला र एक पुरूषकाे उद्धार गरी धनगडी स्थित मानव सेवा आश्रममा लगिएकाे  बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।
बिभिन्न संचारमाध्याममा समाचार प्रकाशन पछि बडिमालिका नगरपालिका र जिल्ला प्रशासनको समन्वयमा मानव सेवा आश्रम धनगडीले लगिएकाे सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
बुधबार बिहान बडिमालिका नगर पालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको बैठकले उनिहरु दुबै जनाको उद्धारका लागि गाडीको ब्यबस्थापन बडिमालिका नगरपालिकाले गर्ने निणर्य गरी बुधबार दिउसाे धनगडी पठाएकाे सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन  । मानसिक सन्तुलन गुमाएकाहरुको उद्धारका लागि पत्रकार राम बहादुर दानी र लाेकतन्त्र बिहानी अनलाइनले संयोजन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार