
कैलाली — कैलालीमा १३ बर्षीय बालक वेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ४ शिबनगरका अविशेक थापा मंगलबार दिउँसो देखि वेपत्ता भएका हुन् ।
शिवनगरमै रहेको स्टोन ब्रीज स्कुलमा कक्षा ७ मा अध्ययनरत थापा मंगलबार दिउँसोबाट वेपत्ता भएको उनका बुवा मान बहादुर थापाले जानकारी दिए । मंगलबार बाटै खोजी गर्न सुरु गरिएको बताउँदै अहिले सम्म कतै फेला पर्न नसकेको उनले बताए । आफन्तहरुलाई सम्पर्क गर्दा पनि अविशेकको पत्ता नलागेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि खोजीका लागि अनुरोध गरिएको जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले वेपत्ता भएको जानकारी पाएलगत्तै उनको खोजी कार्य जारी राखेको जनाएको छ । यदी कसैले अविशेकलाई देखेमा नजिकैको प्रहरी चौकी वा ९८६८८१०५१७ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छ ।
