
अर्थ जङ्ग शाही/बझाङ — असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङको जयपुथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको छ।
त्यसैको मौका छोपेर सदरमुकाम चैन्पुरमा पहिला एक कट्टा चामलको मूल्य २ हजार पर्ने। तर अहिले सदरमुकाम चैन्पुरमा एक कट्टा चामलको मूल्य ३ हजार परेको स्थानिय ब्यक्ति हरिश शाहीले बडिमालिका खबरलाइ बताएका छन्।
त्यसैगरि सदरमुकाम चैनपुरमा सुतिजन्य पर्दाथ एक सय पचासमा पाकेट पाईने,हाल अहिले दुईसय परेको स्थानिय ब्यक्ति एक पसले साहुजी महेन्द्र खड्काले बताए।
त्यसैगरि चिनीको एक कट्टाको मूल्य पहिला बयालिस सयमा पाईने,हाल अहिले चैन्पुर बजारमा छपन्न सय परेको पाईएको छ। साथै एक पेटी तेलको मूल्य पहिला पच्चीस सयमा पाईने,हाल अहिले तीन हजार परेको छ।
यो भन्दा पहिला कोरोनाको कहरमा लकडाउनको बेला सामानको भाउ आकासिएको थियो,अहिले पनि यो बेला त्यो भन्दा झन् सामानको भाउ धेरै बढेको स्थानिय चैन्पुरबाँसीको गुनासो रहेको छ।
गाउँमा सानो पसल थापेको थिए,सामानहरु सबै सदरमुकाम चैन्पुर बाट आधा बाटो सम्म जिपमा, र आधा बाटो देखी खच्चरमा लिन्थे। तर अहिले सदरमुकाम चैन्पुरमा सामानको मूल्य आकासिएको हुदाँ सामान किनिनसक्नु भएको छ।अहिले गाउँघरमा बेच्ने रेट भन्दा दोब्बर महङ्गो सदरमुकाम चैनपुरमै परेको छ- साईपाल गाउँपालिका स्थानिय ब्यक्ति फुग्या धामीले बडिमालिका खबरलाई बताएका छन्।
यस बिषयमा थप कुरा बुझ्नका लागी हामीले फोन सम्पर्क जिल्ला प्रशासन कार्यलय बझाङका प्रमुख सिडियो मोहन राज अधिकारी सँग बुझ्दा-अनुगमन भईरहेको छ, तोकेको भन्दा दोब्बर पैसा कसैले लिन्छ भने हामी त्यसलाई कानुनको दायरामा ल्याएर कडा कार्बाहि गर्ने छौँ र जरिवाना समेत तोकाउने छु। यो समयमा कसैले सामानको भाउ बढि लिएको पाईएमा स्थानिय चैन्पुरबाँसीले पनि हामीलाइ सम्पर्क गर्नुहुन अनुरोध गरेका छन्।
यस बिषयमा जयपुथ्वी नगरपालिकाले पनि कुनै चाँसो नदेखाएको स्थानिय चैन्पुरबाँसीको दुखेसो रहेको छ।
