शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • उपचार अभाबमा अलपत्र खडकको राष्ट्रिय ट्रमा सेन्टरमा उपार हुँदै

उपचार अभाबमा अलपत्र खडकको राष्ट्रिय ट्रमा सेन्टरमा उपार हुँदै

  • मङ्लबार, कार्तिक १६, २०७८
उपचार अभाबमा अलपत्र खडकको राष्ट्रिय ट्रमा सेन्टरमा उपार हुँदै

सर्मिला राेकाया–रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते बुढीनन्दा नगरपालिका १ पिपलडालिका ६५ बर्षिय खडक लुवारको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ । खडकलाई बाजुराको कोल्टि बाट नेपालगञ्ज हुदै काठमाडौमा हवाइजहाज मार्फत उद्धार गरेर काठमाडौ ल्याइएको हो ।
खडक पैसा नहुदा उपचार अभाबमा अलपत्र रहेको समचार बडिमालिका खबरमा र अन्य समञ्चारमाध्यममा प्रकाशित पछि उनलाई काठमाडौ ल्याएर उपचार शुरु भएको हो । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको भएपनि पैसा नहुदा आफन्तले घर लगेका थिए । बुढीनन्दा नगरपालिका १ पिपलडालि गाउँमा रुखबाट लडेर लुवार गम्भीर घाइते भएका थिए ।
घाईते ल्वारकाे नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौमा उपचारमा सहयोग गरिरहेको छ । संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले भने समचार प्रकाशित पछि उनलाइ काठमाडौ ल्याएर उपचारमा सहयोग गरिरहेका छौ, खान बस्नको व्यबस्थापन गरिरहेको वताए । तर अप्रेसन गर्नु परेमा भने पैसाको व्यबस्थापनमा समस्या हुने वताए ।
समचार प्रकाशित पछि बुढिनन्दा नगरपालिकाले कोल्टि देखी नेपालगञ्ज सम्मको लागि हवाइ भाडा सहयोग गरेको थियो । त्यस्तै काठमाडौ निवासी तथा फिल्म निर्माता अमृत ढुङगानाले नेपालगञ्ज देखी काठमाडौ सम्मको दुईजनाको हवाइभाडामा सहयोग गरेका थिए । ट्रमा सेन्टरका अनुसार खडकको कम्मरमा तिन ठाउँमा हड्डी भाच्चिएको अप्रेसन गर्ने कि के गर्ने एक दुइ दिनमा थाहा हुने वताएको छ ।
घाइते खड्कलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आफन्तले उपचारका लागि लगेका थिए । अस्पतालले यहाँ उपचार सम्भब नभएको भन्दै रिफर गरेको खड्ककि श्रीमति झिमु लुवारले वताएकि छन् । नेपालगञ्ज, काठमाडौ लग्नुपर्ने थियो पैसा नभएपछि बोकेर घरमा ल्याएको झिमुले वताएकि थिइन् । अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा रिफर गरेका थिए, पैसा नभएपछि बोकेर घर लगेका हुन् ।
समचार पछि श्रीमानको उद्धार भएपछि झिमुले खुशी हुदै भनिन्, हाम्रा लागि सहयोग गर्ने सबै भगवान रहेको वताइन् । गरिबका लागि पनि सेवा गर्ने भेटिदा रहेछन्, उपचार नपाएर नै मर्ने चिन्ता थियो, अब उपचार हुनेमा ढुक्क रहेको उनले वताईन् ।
खडक (क) वर्गको मुक्त हलिया समेत हुन् । खडक माथिल्लो जातिको हलो जोेतेर परिवार पाल्ने गरेका थिए । विहिवार विहान करिब ७ बजे तिर वाख्रालाई स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । रुखबाट लडेर घाइते लुवारको कम्मर भाचिनुका साथै दायाँ खुट्टा तथा शरीरको अन्य भागमा समेत गहिरो चोट लागेको थियो । लुवारको घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको छ । ८ जना परिवार रहेको लुवारको परिवारलाई उपचार गर्न समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार