बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसारकै अनौठो फूल जसमा कहिल्यै भमरा बस्दैन !

संसारकै अनौठो फूल जसमा कहिल्यै भमरा बस्दैन !

  • सोमवार, कार्तिक १५, २०७८
संसारकै अनौठो फूल जसमा कहिल्यै भमरा बस्दैन !

काठमाडौँ — फूल भन्ने बित्तिकै बासना र सुन्दरताको संगम भन्ने बुझिन्छ । हाम्रो आसपास समेत कैयन् खालका फूलका विरुवा हुन्छन् जुन सुन्दर हुन्छन् । फूल हेरेपछि आँखालाई अलग्गै खालको शीतलता प्राप्त हुन्छ र थकान पनि भाग्दछ ।

वास्तवमा फूल केवल मानिसलाई मनपर्ने मात्र होइन अन्य जीवलाई पनि निकै लाभदायी हुन्छ । मौरी, पुतली, भमरा लगायतका किराहरुको लागि त फूल खानाको मूख्य श्रोत नै हो । त्यसैले ढकमक्क फूलेको फूलमा मौरी, पुतली तथा भमराहरु झुम्मिएको देखिन्छ । तर संसारमा एउटा यस्तो फूल छ जसमा कहिल्यै पनि भमरा लगायतका यी किराहरु बस्दैनन् ।

इस फूल पर कभी नहीं बैठता भंवरा

कहिल्यै पनि भमरा नबस्ने फूल चम्पा हो । यो फूलबाट विशेष खालको गन्ध निस्किन्छ साथै फूलमा पराग पनि हुँदैन । त्यसैले भमराहरु यो फूलको नजिकसम्म पनि आउँदैनन् । भमरा मात्र होइन पुतली र मौरी लगायतका किराहरु पनि यो फूलमा आउँदैनन् ।

चम्पा फूलको विशेषता के भने यसको रुख सधै हराभरा हन्छ । फूल हल्का सेतो पहेँलो रंगको र सुगन्धित हुन्छ । यो फूल प्रायः हिन्दु संस्कार अन्तरर्गत पुजाहरुमा प्रयोग गरिन्छ ।

इस फूल पर कभी नहीं बैठता भंवरा

चम्पाको फूलको तेल तथा अत्तरहरु पनि बनाइन्छ । यसको फूल र रुखको उपयोग औषधि बनाउन पनि प्रयोग हुन्छ । चम्पाको बोट वास्तुको दृष्टिले पनि सौभाग्यको प्रतीक मानिन्छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार