• होमपेज
  • समाचार
  • बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

  • शनिबार, कार्तिक १३, २०७८
बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

पक्राउ पर्नेहरूसँगै एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको डिसपी खनालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार