बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • गम्भिर घाईते कोल्टिका खड्कलाइ पैसा नहुदा आफन्तले अस्पताल बाट घर लगे

गम्भिर घाईते कोल्टिका खड्कलाइ पैसा नहुदा आफन्तले अस्पताल बाट घर लगे

  • शनिबार, कार्तिक १३, २०७८
गम्भिर घाईते कोल्टिका खड्कलाइ पैसा नहुदा आफन्तले अस्पताल बाट घर लगे

सर्मिला राेकाया–रुखबाट लडेर कम्मर भाच्चिएर गम्भिर घाइते ६५ बर्षिय खड्क लुवार पैसा नहुदा अाफन्तले घर लगेका छन् । बुढीनन्दा नगरपालिका १ पिपलडालिमा रुखबाट लडेर लुवार गम्भीर घाइते भएका थिए ।
घाइते खड्कलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आफन्तले उपचारका लागि लगेका थिए । अस्पतालले यहाँ उपचार सम्भब नभएको भन्दै रिफर गरेको खड्ककि श्रीमति झिमु लुवारले वताएकि छन् । नेपालगञ्ज, काठमाडौ लग्नुपर्ने थियो पैसा नभएपछि बोकेर घरमा ल्याएको झिमुले वताएकि छन् । अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा रिफर गरेका थिए, पैसा नभएपछि बोकेर घर लगेका हुन् ।
अहिले खडक घरमै उपचार अभाबमा जिवनमरणको दोसाधमा रहेका छन् । स्वास्थ्यकर्मीका अनुसार उनको कम्मर भाच्चिएको वताएको छ । खडक हिडडुल देखी उठन समेत नसक्ने गरेका छन् । उनलाई नेपालगञ्ज सम्म उपचारमा जान सक्ने पैसा समेत नभएको आफन्तले वताएका छन् ।
खडक (क) वर्गको मुक्त हलिया समेत हुन् । खडक माथिल्लो जातिको हलो जोेतेर परिवार पाल्ने गरेका थिए । अहिले उनलाई एक दुखाइ औषधि किन्न पैसा समेत नभएको रुदै खडककी श्रीमति झिमु लुवारले वताएकि छन् । अन्य औषधि त टाढाको बिषय रहेको उनले वताईन् । श्रीमानको उपचारका लागि हारगुहार गरेपनि कतै बाट सहयोग नभएपछि उनको परिवार निराश बनेको छ ।
विहिवार विहान करिब ७ बजे तिर वाख्रालाई स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । रुखबाट लडेर घाइते लुवारको कम्मर भाचिनुका साथै दायाँ खुट्टा तथा शरीरको अन्य भागमा समेत गहिरो चोट लागेकाले छ । लुवारको घरमा बिहान बेलुका छाक टार्न समस्या रहेको छ । ८ जना परिवार रहेको लुवारको परिवारलाई उपचार गर्न समस्या भएको छ ।
बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमारी गिरी आफुलाइ बिरामीको बारेमा जानकारी नभएको वताए । त्यस्तो अबस्थाको छ, भने भाडाका लागि २० हजार सम्म दिन सक्ने वताएका छन् । नगरपालिका बाट उपचारका लागि सक्दो सहयोग गर्ने वताए, अन्य सहयोगिलाइ पनि सहयोग गर्न आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार