बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउँपालिकामा बाढी पहिरोले ४ करोड ५० लाख बढीको क्षति

जगन्नाथ गाउँपालिकामा बाढी पहिरोले ४ करोड ५० लाख बढीको क्षति

  • शनिबार, कार्तिक १३, २०७८
जगन्नाथ गाउँपालिकामा बाढी पहिरोले ४ करोड ५० लाख बढीको क्षति

बाजुरा–बेमौसमि बर्षासँगै जुड्डीखोलामा आएको बाढी र पहिरोले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको थियो । बाढीले गाउँपालिकाको ४ करोड ५० लाख बढीको क्षति पुयाएको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले वताएका छन् ।
बेमौसमि बर्षाले खोलामा बाढी बढ्नुका साथै कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । गाउँपालिका कार्यलय बगाउनुका साथै कार्यलयका सामाग्रि समेत बगाएको अध्यक्ष साहिले वताएका छन् ।
कार्तिक २ गते दिउसो अविरल बर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतबिक्षेत बनाएको थियो । त्यस्तै पाँच शैंयाको अस्थायी कोभिड अस्पताल गाउँपालिकाको सभा हल पनि बगाएको थियो ।
अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ । अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ । उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ । गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले वताएका छन् ।
कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार पोल र मुहान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कणर्ाली नदि र जुड्डीखोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम सम्पुणर् प्रभाबित भएको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशी वताएका छन् ।
एकातिर जुड्डीखोलाले कटान शुरु गरेको छ, भने अर्कोतिर कणर्ाली नदिले कटान गरेर जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीनै पुणर् रुपमा जोखिममा रहेको छ । धेरै भाग बगाइसकेको छ केही भाग मात्र बचेको छ, त्यहि पनि कुन दिन बगाउने हो, गाउँपालिका अध्यक्ष शाहिले वताएका छन् । प्रहरी चौकि समेत क्षदबिच्छेद बनाएपछि टिनको खोकामा चौकि सञ्चालनमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार