
कञ्चनपुर– कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। शुक्लाफाटा नगरपालिका–८ पिल्लरीकि अन्दाजी ५ वर्षीया रितु धामीको मृत्यु भएको हो।
बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको थियो। उनको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
