शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराका ६२ वडा कमिटी र ३ वटा पालिका अधिवेशनमा सम्पन्न

नेकपा एमाले बाजुराका ६२ वडा कमिटी र ३ वटा पालिका अधिवेशनमा सम्पन्न

  • बुधबार, कार्तिक १०, २०७८
नेकपा एमाले बाजुराका ६२ वडा कमिटी र ३ वटा पालिका अधिवेशनमा  सम्पन्न

बाजुरा — नेकपा एमाले बाजुराका ६२ वडा कमिटी र ३ वटा पालिका अधिवेशनमा सर्वसम्मत सम्पन्न भएको छ । ६९ वटा वडा रहेको बाजुराका ६२ वडाको अधिबेशन सम्पन्न भएको नेकपा एमाले प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन । त्यसै गरी नौ वटा स्थानीय तहहरु मध्य ३ ओटा स्थानीय तहरुको पालिका अधिबेशन सम्पन्न भएको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।
सम्पन्न भएका स्थानीय तहरु मध्य स्वामिकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।
पालिकाहरुमा स्वामिकार्तिक खापर गाउँपालिकामा नवराज कटेल अध्यक्ष, नानीभाउँ बुढा उपाध्यक्ष, दिलबहादुर धामी सचिव, ढक्कराज शाही उप सचिव, इन्दराज बुढा उप सचिव, रहेको ६१ सदस्यीय पालिका कमिटी बनेको नेकपा एमाले बाजुराले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिका कमिटीमा गोपाल बुढा अध्यक्ष, चक्र रोकाया उपाध्यक्ष, बसन्त बुढा सचिव, दिर्घमति ओली उप(सचिव, केशव सार्की उप सचिव रहेको ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको जनाएको छ । त्यसै गरी जगन्नाथ गाउँपालिकाको पनि अधिबेशन सम्पन्न भएको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।
बाजुरा जिल्लामा ६ गतेबाट सुरु भएको वडा अधिवेशन ६२ वडा कमिटी र ३ वटा पालिका अधिवेशनमा सर्वसम्मत सम्पन्न भएको नेकपा एमाले बाजुराले जनाएको छ ।
बाकी रहेका ६ वटा पालिकाको अधिवेशनको मिति समेत तय भइसकेको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन । जसमा हिमाली गाउँपालिका अधिवेशन कार्तिक १७ गते धुलाचौर, बुढीनन्दा नगरपालिका अधिवेशन कार्तिक ११ कोल्टी शिवपार्क बुढीगंगा नगरपालिका अधिवेशन कार्तिक ११ फालासैन, गौमुल गाउँपालिका अधिवेशन कार्तिक ११ घटमुना, बडीमालिका नगरपालिका अधिवेशन कार्तिक १२ खेलकुद कवर्ड हल मार्तडी र त्रिवेणी नगरपालिका अधिवेशन कार्तिक १५ तोली देवलडाँडामा हुने भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार