शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

  • मङ्लबार, कार्तिक ९, २०७८
कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन् भने ६२२ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार