• होमपेज
  • समाचार
  • श्रीमानले गरे श्रीमती र छोरीको हत्या

श्रीमानले गरे श्रीमती र छोरीको हत्या

  • मङ्लबार, कार्तिक ९, २०७८
श्रीमानले गरे श्रीमती र छोरीको हत्या

इलाम — इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।

एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन  । तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ । घटना आज बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार