• होमपेज
  • समाचार
  • अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी

  • सोमवार, कार्तिक ८, २०७८
अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

काठमाडौँ — अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्ने बताएको थियो ।

अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप आए लगत्तै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी स्वास्थ्य मन्त्रालयको छ।

यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार