• होमपेज
  • समाचार
  • सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

  • आइतवार, कार्तिक ७, २०७८
सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

सर्लाहीमा भएको बिभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक बालकको मोटरसाईकल ठक्करबाट मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षिय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकरी दिए । विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई आज साँझ करेन्ट लागेको थियो ।

चर्चामा

सम्बन्धित समाचार