
अर्थ जङ्ग शाही/बझाङ — टन्टलापुर घाम लाग्ने यो कार्तिक को समयमा झरी परी ३ दिन सम्म लगातार पानी पर्दा खप्तड छान्नाका धेरै ठाउँमा क्षतबिक्षत गर्दा पुरै गाउँनै शोकमा रहेको छ।
खोलाको नजिकै घर थियो घर्म बहादुर रोकाया र जयसरा देबी रोकायाको। सुनसान रातमा बर्षाको भेग र खोलाको सुसाउट आबाजले मान्छेको मन नै भयाबह बनेको थियो।
खोला नजिका मान्छेका सुरक्षित हुनको लागी कोही गाउँतिर लागे त कोही बिधालयमा बसे। तर अफसोच धर्म बहादुर रोकाया र जयसरा देबी रोकाया त्यही खोला नजिकै को घरमा बसे। कस्लाई के थाहा के हुन्छ हुदैँन भनेर ।
स्थानियका अनुसार कार्तिक १ गते रातीको ९:४३ बजेतिर बिधालयमा सुतेका मान्छेले पहाड फुटी पहिरो आएको सुने। तत्कालिन त्यो पहिरो आउने बितिकै २/४ जना मान्छेहरु पहिरो आएको तिर गए। त्यहाँ पुरै घर पहिरोले ढाँकेको थियो। रातको समय खोला बड्दै थियो आकास बाट पानी रन्किदैँ थियो। त्यो रात मान्छेहरुले केही गर्न सकेनन।
बिहाना सबेरै मान्छेहरु पहिरो आएको ठाउँमा भेला भए,चाँरैतिर रोएको,चिच्याएको,र मान्छेहरु निसासिएको आबाज मात्र सुनिथ्यो।
त्यै दिन अन्तिम भेटघाट भयो छोरो सत्यम रोकायाको,आफू गाउँमा गएर बचे। नत्र म पनि आमा बुबा सँगै चितामा जान्थे होला भनेर रोए,चिच्याए कराए। एकैछिनमा उनले यो सपना पो हो कि भनेर टोलाए। अकमकिए बेहोस भए,सानै उमेरमा आमा र बुबालाई एकै चोटी गुमाउँदा कस्को मन रुदैँन र। हेर्न मान्छेको सबैको आँखामा आँसु बगिरहेको थियो।
उता जापान बस्ने जेठो छोराको पनि उस्तै छ बिडम्बना,एकै चोटी पहिरोमा बुबा आमा गुमाउँदा अहिले उनी पनि आत्तिएर छट्पटिएका छन्। बुबा आमालाई नदेखेको ३ बर्ष भएको थियो,अब सदाका लागी म बाट टाढा हुनुभयो मेरा बुबा र आमा।
यति ठूलो घटना घट्दा पुरै गाउँनै शोकमा रहेको थियो,मुख नजिकै तिहार आउन लागेको त्यो पनि खल्लो भयो गाउँका स्थानिय ब्यक्तिहरु भन्छन्।
