शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कञ्चनपुरमा प्रधानमन्त्रीले भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’

कञ्चनपुरमा प्रधानमन्त्रीले भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’

  • शुक्रबार, कार्तिक ५, २०७८
कञ्चनपुरमा प्रधानमन्त्रीले भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब ५ बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा पुगे। करिब १० मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे।

देशभरमै भयानक पीडा भएको बताउदै देउवाले क्षतिको विवरण संकलन गरेपछि मूल्यांकन गरि राहत र क्षतिपूर्ति दिने बताए। सोही क्रममा मञ्चको अगाडि बसेका एक युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न।’ प्रधानमन्त्री देउवा त्यतिमै भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस्।’

प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसेका थिए। सो कार्यक्रमपछि प्रधानमन्त्री देउवा धनगढी आए। आज काठमाडौं फर्किने कार्यक्रम छ। दिनेश खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार