• होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने

  • शुक्रबार, कार्तिक ५, २०७८
प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि बिहीबार सुदूरपश्चिम प्रदेश गएका देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बिहीबार डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरी प्रधानमन्त्री त्यही क्षेत्रमा नै बसेका छन्। आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजेपछि काठमाडौं फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

बिहीबार बिहान काठमाडौंबाट सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर बाढी-पहिरो र डुबानको स्थलगत जानकारी लिएको छ। प्रधानमन्त्रीले साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए। त्यसक्रममा प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन्।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश  र वीरबहादुर बलायर छन्।

चर्चामा

सम्बन्धित समाचार