• होमपेज
  • समाचार
  • स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एकजना पक्राउ

  • बिहिबार, कार्तिक ४, २०७८
स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं — भक्तपुरमा स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्।

लोकन्थलीबाट काठमाडौंको कोटेश्वर बस्ने बागलुङको गल्कोट नगरपालिका–१०, पाण्डवखानीका ३६ वर्षीय चित्रबहादुर पुनमगर पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

उनको कोठ तलासी गर्दा थप ५० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।

चर्चामा

सम्बन्धित समाचार