मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • आगामी मङ्सिर १० देखि एमाले महाअधिवेशन हुने, यस्तो बन्ने छ स्थानीय तहको कमिटी

आगामी मङ्सिर १० देखि एमाले महाअधिवेशन हुने, यस्तो बन्ने छ स्थानीय तहको कमिटी

  • सोमवार, कार्तिक १, २०७८
आगामी मङ्सिर १० देखि एमाले महाअधिवेशन हुने, यस्तो बन्ने छ स्थानीय तहको कमिटी

आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ ।

एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ ।

एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताए ।

एमालेको यही कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ÷नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार