मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • आइतबार रातिदेखी परेकाे अबिरल बर्षाका कारण बाजुराका सबै सडक अबरूद्ध

आइतबार रातिदेखी परेकाे अबिरल बर्षाका कारण बाजुराका सबै सडक अबरूद्ध

  • सोमवार, कार्तिक १, २०७८
आइतबार रातिदेखी परेकाे अबिरल बर्षाका कारण बाजुराका सबै सडक अबरूद्ध

आइतबार रातीदेखी लगातार  परेको अबिरल बर्षाका कारण बाजुराकाे साँफे मार्तडी, मार्तडी काेल्टी, बल्दे आटीचाैर लगायतका सडक अबरूद्ध भएका छन ।  सडक खण्डको ठाँउ ठाँउमा पहिरो बग्न थालेपछी  आइतबार राति बाट सडक अबरूद्ध भएको हुन । सडकको ठाउँठाउँमा पहिरो खसेर सडक भासिएर सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

पहिराले साँफे मार्तडी सडकखण्डकाे , बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिराले सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको प्रहरीले जनाएकाे छ । करिव एक हप्ता अगाडी देखी संचालनमा आएकाे मार्तडी काेल्टी सडक समेत अबराेध भएकाे छ ।  आइतवार देखी आएको वर्षाले  पहिरो गएपछि साेमबार बिहान बाट यातायातका साधन चल्न सकेका छैनन ।

पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयले वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन नसकेकाे जनाएकाे छ ।सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ । बाजुरामा आइतबार देखि लगातार भारी वर्षा भइरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार