बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तान : आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

पाकिस्तान : आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

  • सोमवार, कार्तिक १, २०७८
पाकिस्तान : आगलागीमा परी एक परिवारका सात व्यक्तिको मृत्यु

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार