शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका खवरको सहयाेगमा बाजुराका गन्दर्भ परिवारलाई खाध्यान्न साम्रगी सहयोग

बडिमालिका खवरको सहयाेगमा बाजुराका गन्दर्भ परिवारलाई खाध्यान्न साम्रगी सहयोग

  • आइतवार, अशोज ३१, २०७८
बडिमालिका खवरको सहयाेगमा बाजुराका गन्दर्भ परिवारलाई खाध्यान्न साम्रगी सहयोग

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ७ बारबिसका २ जना गन्दर्भ परिवारलाई बडिमालिका मिडिया हाउसको सहयोगमा राहत साम्रगी बितरण गरिएको छ । दशैको मुखमा खान लाउन अपुग भएका २ गन्दर्भ परिवारलाई खाध्यान्न साम्रगी सहयोग गरिएको हो ।
बडिमालिका मिडिया हाउसको सहयोगमा उनकै घरमा पुगेर चामल नुन दाल तेल साबुन लगायतको साम्रगी बितरण गरिएको छ । सपना गन्दर्भ र चन्द्र बहादुर गन्दर्भको परिवारलाई दशैको अबसरमा केही राहत होस भन्ने उदेस्यका साथ बडिमालिका मिडिया हाउसको सहयोगमा राहत साम्रगी बितरण गरीएको बडिमालिका मिडिया हाउसका संचालक तथा सम्पादक प्रकाश सिहंले बताएका छन ।

बाजुरामा बडिमालिका मिडिया हाउसको समन्वय सहयोग तथा पहलमा यस्ता दिन दुखीहरुको लागि दशै अगाडी पनि राहत साम्रगी बितरण गरेको सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार