बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आयुर्वेद
  • हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

  • आइतवार, अशोज ३१, २०७८
हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

१. मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन । यसो गर्दा बढी फैलने गर्छ । यसको समाधानको लागि मुसामाथि आलु वा अदुवाले रगड्ने ।

२. निम र सफा माटो पानीमा पकाई सेलाएपछि मुसामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।

३. यदि हात खुट्टामा मुसा आएको छ भने हल्कासँग कोट्याएर पानीमा राख्ने चुना थोरै राखेर छोप्ने वा दिनमा ५/६ पटकसम्म आलु वा अदुवाको काँचो टुक्रालाई लिएर रगड्ने र वार्टपेन्ट नामक औषधी दिन बिराएर लगाउने त्यसपछि दिन बिराएर तातो र चिसो पानीले सेक्ने गरेमा मुसा हराएर जान्छ ।

साभार:‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार