शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • हथौडा प्रहार गरी महिलाको हत्या

हथौडा प्रहार गरी महिलाको हत्या

  • शुक्रबार, अशोज २९, २०७८
हथौडा प्रहार गरी महिलाको हत्या

ढल्केवर(धनुषा)– महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरी गाउँपालिका–३ मडैकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ । बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार मृतक महिलाको शव उनकै ओछ्यानमा बिहीबार बिहान फेला फेला परेको हो । घटनास्थलबाट हथौडा बरामद भएको उनले बताए । ‘महिलाको टाउकोमा चोट देखिएको छ । घटनास्थलबाट एउटा हथौडासमेत बरामद भएको छ । शवको प्रकृति हेर्दा त्यसै हथौडा प्रहारबाट महिलाको मृत्यु भएको हुनसक्ने देखिन्छ,’ एसपी आचार्यले अन्नपूर्णसँग भने ।

हत्या कसले र किन गरेको भन्नेबारे खुल्न नसकेको उनले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

चर्चामा

सम्बन्धित समाचार