शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • साफ च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

साफ च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

  • बिहिबार, अशोज २८, २०७८
साफ च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

माले– नेपालले साफ च्याम्पियनसिपको फाइनलमा प्रद्वन्द्वीका रूपमा भारतलाई पाएको छ। भारतले बुधबार राति भएको खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो। खेलको ३३औँ मिनेटमा मानवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको अन्तिममा माल्दिभ्सका अली अशफाकले पेनाल्टीमार्फत गोल फर्काएका थिए।

खेलको दोस्रो हाफमा भारतले २ गोल थप्दै च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो। दोस्रो हाफको दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए। उनले ६२औं र ७१औं मिनेटमा गोल गर्दै भारतलाई स्पष्ट जित दिलाएका हुन्।

यससँगै नेपालले फाइनलमा बलियो टोली भारतलाई प्रतिद्वन्द्वी पाएको छ। बुधबार नै भएको खेलमा नेपाल इतिहास रच्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो। समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो। फाइनल खेल नेपालका लागि बदला लिने अवसर हुन सक्छ।

फाइनल खेल शनिबार मालेस्थित माल्दिभ्स राष्ट्रिय फुटबल रंगशालामा ८:४५ बजे हुनेछ।

चर्चामा

सम्बन्धित समाचार