शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • मुगु अस्पतालमा भेला भए दुःखद् सडक दुर्घटनामा घाइते र निधन भएका परिवारका आफन्त

मुगु अस्पतालमा भेला भए दुःखद् सडक दुर्घटनामा घाइते र निधन भएका परिवारका आफन्त

  • बुधबार, अशोज २७, २०७८
मुगु अस्पतालमा भेला भए दुःखद् सडक दुर्घटनामा घाइते र निधन भएका परिवारका आफन्त

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो। उक्त बसमा ४६ जना यात्रु रहेका थिए।

दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ। यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ। दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो। प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ।

सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए। दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडौं लगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार