बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जगन्नाथ
  • बाजुराकाे साप्पाटामा सुख्खा पहिरो बग्न सुरू, कर्णाली नदि पहिराेले पुन: थुनियो

बाजुराकाे साप्पाटामा सुख्खा पहिरो बग्न सुरू, कर्णाली नदि पहिराेले पुन: थुनियो

  • मङ्लबार, अशोज २६, २०७८
बाजुराकाे साप्पाटामा सुख्खा पहिरो बग्न सुरू, कर्णाली नदि पहिराेले पुन: थुनियो

बाजुरा —  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रूडीकाे मुनिबाट खसेकाे पहिराेले पुन: कर्णाली नदि थुनिन सुरू भएकाे छ । स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो बिहानदेखी  पुन बग्न थालेपछि  कर्णालीकाे केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपरिक्षक मदन जित महराले बताएका छन् । यस अघि साउन महिनामा पनि कर्णाली नदि थुनिएकाे थियाे ।

रुडि गाउँको मुनीबाट मंगलबार बिहान देखी निरन्तर सुख्खा पहिरो खस्न थालेको भन्ने खवर पश्चात इलाका प्रहरी चाैकी काेल्टीबाट प्रहरी निरक्षक सहितकाे थप टाेली त्यहा गइसकेकाे प्रहरी प्रमख महराले बताएका छन । यो समचार तयार पार्दा सम्म पनि पहिरो आइरहेको स्थानियले वताएका छन् । पहिरो खस्न थालेपछि कर्णालीलाइ सागुरो बनाएर केही भाग थुनिएको छ । कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाकाे कार्यालय र जुड्डीमा रहेकाे प्रहरी चाैकी समेत उच्च जाेखीममा रहेकाे जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन । अहिले जुड्डीमा रहेकाे जगन्नाथ गाउँपालिकाकाे कार्यालयकाे सामान सराउनका लागि पहल भइरहेकाे जाेशीले  बडिमालिका खवरलाइ जानकारी दिएका छन ।   त्यस्तै कर्णाली करिडोर सडकको केही  भाग पनि जोखिममा रहेको छ।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदीमा बिहानदेखी निरन्तर खसीरहेकाे स्थानीयले बताएका छन ।

जगन्नाथ गाउँपालिकाको केन्द्रको पारि पटि पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकी लगायतको बस्ति समेत जोखिममा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।सुख्खा पहिराेले कर्णाली नदि  थुनिन सुरू भएसंगै कर्णाली नदि अासपासका बस्तीहरू समेत जाेखीममा रहेकाे जनाएका छ ।  सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए । गाउँकाे तल बाट कडा चट्टान समेत खस्न तालेपछि माथि रहेको बस्ति निकै जोखिममा रहेको हो । पहिरो निरन्तर रुपमा खसिरहयो भने जति बेला पनि कर्णाली थुनिएर कर्णाली नदिकाे तटीय क्षेत्रका बस्तिहरु निकै जोखिममा हुन सक्ने स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । मंगलबार बिहान धेरै थुनिएकाे कर्णाली नदिले याे समाचार तयार पारून्जेल सम्म खुला भएर बग्न सुरू गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएका छ ।

चर्चामा

सम्बन्धित समाचार