बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरामा भिरबाट लडेर घाईते भएका बुढाको हेलिकप्टरमार्फत उद्धार

बाजुरामा भिरबाट लडेर घाईते भएका बुढाको हेलिकप्टरमार्फत उद्धार

  • शनिबार, अशोज २३, २०७८
बाजुरामा भिरबाट लडेर घाईते भएका बुढाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा — भिरबाट लडेर घाइते भएका एक पुरुषको बाजुराको कोल्टीबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका–२ का अन्दाजि ४० वर्षीया नरेन्द्र बुढा गोत्रीबाट आउँदै गर्दा भूकाको पुल नजिकै भिरबाट लडेर घाइते भएका थिए । भिरबाट उनी करिब ६० मिटर तल खसेर घाइते भएका हुन ।
घाइते बुढाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको पहँलमा नेपाली सेनाको हेलिकप्टरमार्फत बुढालाई लगिएको लगिएको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार