• होमपेज
  • राजनीति
  • उद्योग मन्त्रीलाई तत्काल बर्खास्त माग गर्दै अनेरास्वीयुु द्धारा विज्ञप्ति

उद्योग मन्त्रीलाई तत्काल बर्खास्त माग गर्दै अनेरास्वीयुु द्धारा विज्ञप्ति

  • शुक्रबार, अशोज २२, २०७८
उद्योग मन्त्रीलाई तत्काल बर्खास्त माग गर्दै अनेरास्वीयुु द्धारा विज्ञप्ति

बाजुरा — प्रधानमिन्त्र शेर बहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर ज.ब.रा. को शिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा नियुक्ति गरेको प्रति अनेरास्वीयुले गम्भिर ध्यानाकर्षण जनाएको छ । अनेरास्वीयु अध्यक्ष सुनिता बराल द्धारा हस्ताक्षरित विज्ञप्तिमा उद्योग मन्त्रीलाई तत्काल बर्खास्त हुनुपर्ने जनाएको अनेरास्वीयु केन्द्रिय कमिटि उपमहासचिब तथा प्रबक्ता नरेश रोकायले वताएका छन् । करिब ३ महिनासम्म मन्त्रिपरिषदलार्ई पुणर्ता दिन नसकेको परमादेशी सरकारले सो क्रममा सरकार गठनमा सेटिङ्ग मिलाई दिए वापत प्रधानन्यायधीश चोलेन्द्र शमशेर ज.ब.रा. को शिफारीसमा मन्त्रि बनाएको अनेरास्वीयुले जनाएको छ । यी र यस्ता घटनाबाट पनि जनादेश प्राप्त तत्कालीन एमाले सरकार विस्थापनमा भएको सेटिङ्गको थप पुष्टि भएको छ जनाएको छ । हामी यस्तो प्रकारको अलोकतान्त्रिक हर्कतहरु प्रति खेद प्रकट गर्दर्छौ, विज्ञप्तिमा जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार