शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

  • शुक्रबार, अशोज २२, २०७८
सेयर गर्नुहोस् :
यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।

त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मध्येमा पर्छन् ।

चर्चामा

सम्बन्धित समाचार