• होमपेज
  • राजनीति
  • यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

  • शुक्रबार, अशोज २२, २०७८
यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।

त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मध्येमा पर्छन् ।

चर्चामा

सम्बन्धित समाचार