शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • डलरको भाउ ३२ पैसाले घट्यो, यस्तो छ अन्य मुद्राको अवस्था

डलरको भाउ ३२ पैसाले घट्यो, यस्तो छ अन्य मुद्राको अवस्था

  • शुक्रबार, अशोज २२, २०७८
डलरको भाउ ३२ पैसाले घट्यो, यस्तो छ अन्य मुद्राको अवस्था

नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमय दर गत बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ ३२ पैसाले अवमूल्यन भएको छ । बैंककाअनुसार गत बिहीबार ६ महिना यताकै उच्च विन्दु (११९.६७) मा पुगेको डलरको भाउ आज ३२ पैसाले घटेर एक डलरको नेपाली खरिददर ११९.३५ पैसामा झरेको हो ।

यस्तै, आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्री दर १३८ रुपैयाँ ६६ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने आज क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८६ पैसा र बिक्री दर ९५ रुपैयाँ ३३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६१ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार