
काठमाडौँ — नेपाल प्रहरीले करिब ६०० जनशक्ति माग गर्दै नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना, प्राविधिक प्रहरी जवानतर्फ २२८ जना माग गरिएको छ। प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ। यसका लागि कात्तिक ३ देखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने बताइएको छ।
