• होमपेज
  • समाचार
  • थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

  • बिहिबार, अशोज २१, २०७८
थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

बितेको २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार