• होमपेज
  • समाचार
  • प्रेमीबारे थाहा पाएपछि बुहारीले सासुलाई सर्पले टोकाएर मारिन

प्रेमीबारे थाहा पाएपछि बुहारीले सासुलाई सर्पले टोकाएर मारिन

  • बिहिबार, अशोज २१, २०७८
प्रेमीबारे थाहा पाएपछि बुहारीले सासुलाई सर्पले टोकाएर मारिन

एजेन्सी — विषालु सर्पले टोकाएर एक वृद्ध महिलाको हत्या गरिएको खबर बाहिरिएको छ। भारतको राजस्थानमा एक सैनिककी श्रीमतीले आफ्नी सासुलाई सर्पले टोकाएर हत्या गरेकी हुन्।

सासुले उनको प्रेमीबारे थाहा पाएपछि ती महिलाले साथीहरूसँग मिलेर एक सपेरासँग विषालु सर्प किनिन्। सर्पलाई झोलामा राखेर महिलाले सासुको कोठामा राखिन्। बिहान सासुको मृत्यु भयो।

उक्त समयमा ती महिलाका श्रीमान र ससुरा घरमा नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले अनुसन्धानका क्रममा बुहारीको मोबाइल फोनको कल डिटेल हेर्दा घटनाको दिन ती महिला र एक व्यक्तिसँग १०० पटक कुराकानी भएको पायो । ती व्यक्ति बुहारीकै प्रेमी थिए। प्रहरीले महिला, उनका प्रेमी र प्रेमीको साथीलाई पक्राउ गरेर सोधपुछ गरेको थियो। पछि सबै कुराको भन्डाफोर भयो।

यसको मुद्दा सर्वोच्च अदालतमा पुग्दा विषालु सर्पलाई हतियारका रूपमा उपयोग गर्नु जघन्य अपराध भएको बताएको छ। आरोपितलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ।

चर्चामा

सम्बन्धित समाचार