• होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस : एक सहसचिब बाहेक अन्य पदाधिकारी पौडेल सिटौला पक्ष बिजयी

बाजुरा काँग्रेस : एक सहसचिब बाहेक अन्य पदाधिकारी पौडेल सिटौला पक्ष बिजयी

  • बिहिबार, अशोज २१, २०७८
बाजुरा काँग्रेस : एक सहसचिब बाहेक अन्य पदाधिकारी पौडेल सिटौला पक्ष बिजयी

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिमा निर्वाचन भएका पदाधिकारीमा पौडेल सिटौला पक्ष विजयी भएका छन् ।
सहसचिब सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । सभापतिमा भने कबिराज पण्डित र राम सिं रावल बिच दोस्रो चरणमा प्रतिश्पर्धा हुने भएको छ ।
उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् । त्यस्तै
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् ।
सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्ष बाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशी बाट बिजयी जिल्ला कमिटिमा पौडेल सिटौला समुहकाले धेरै विजयी भएका छन् ।
पौडेल सिटौला पक्ष विजय गराउनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डे, जनक गिरी, मान बहादुर रावल सक्रिय भएका थिए । त्यस्तै देउवा पक्षधर विजयी गराउनका लागि संबिधान सभा सदस्य देबराज जोशी, महा नेपाली, पदम शाहि लगायतका नेताहरु परिचालन भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार