शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुरा : मत गणना सम्पन्न, सभापतीमा पुन मतदान हुने

नेपाली काँग्रेस बाजुरा : मत गणना सम्पन्न, सभापतीमा पुन मतदान हुने

  • बिहिबार, अशोज २१, २०७८
नेपाली काँग्रेस बाजुरा :  मत गणना सम्पन्न, सभापतीमा पुन मतदान हुने

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान गणनाको अन्तीम नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली काँग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बिहान ६ बजे देखी गणना सुरु गरिएको मत गणनाको परिणम अनुसार सभापतिका उम्मेद्धार कबिराज पण्डितको ४ सय ८९ मत ल्याएका छन भने रामसिं रावलको ४ सय ७४ मत ल्याएका छन त्यसै गरी स्वतन्त्र उम्मेद्धार चक्र शाहको १सय ५२ मा सिमित भएका छन ।
सभापतीका दुइ जना पहिलो हुने पण्डित र दोस्रो हुने रावल बिच पुन मतदान हुनेछ साभापतीका कुनै पनि उम्मेद्धारले ५१ प्रतिशत मत नल्याएकोमा फेरी मतदान हुने निर्बाचन समितिले जनाएको छ । जम्मा खसेको मतको ५१ प्रतिशत भनेको ६ सय १५ मत ल्याउनु पर्नेमा कसैको नआएकोले पुन मतदान हुने निर्बाचन समितिले जनाएको छ ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम रहेको थियो भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको थियो । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको रहेको थियो ।
त्यसै गरी उप सभापतीमा नारायण पाध्याय ७ सय ४८ पदम बडुवालको ७ सय ५६ मत ल्यायर बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी शेर बहादुर खातीको ४ सय ३२ मत प्राप्त गरी पराजित भएका छन । नारायण पाध्याय तिन ओटै टिममा परेका भए उनको पनी पौटेल पक्षमा बढि झुकाव रहेको छ ।
सचिवमा तिलकराज पुरीको ५ सय ६५ भरत बहादुर रोकाया ५ सय १४ मत गरी बिजयी भएका छन भने उनका प्रतिद्धन्दी रनसिहं अएडी ४ सय ४२ शिब बोहराले ४ सय १५ मत र राजेन्द्र शाह बिपीले १ सय २७ मत प्राप्त गरी पराजित भएका छन ।
सह सचिवमा कृष्णराज पाध्याय ४ सय ६६ र सुरेन्द्र बहादुर सिहंले ३ सय ८० मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिदन्दी धन बहादुर रावत १ सय ६६ नन्द बहादुर रावत ९१ प्रकाश रावल ३ सय ६४, मिन बहादुर भण्डारीको ३ सय १५ र मोहनसिं कार्की २ सय ३३ मत ल्याएर पराजित भएका छन । माथि उल्लेखीत बिजयी भएका मध्य सहसचिव सुरेन्द्र सिहं मात्रै देउवा पक्षबाट बिजयी भएका छन ।
सदस्यमा बडिमालिका नगरपालिकाबाट कृष्णराज उपाध्याय ४ सय १ र धनलाल पाध्याय ३ सय २७ मत ल्याएर बिजयी भएका छन । बुढिगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादबी रावल ३ सय १ पुरुष सदस्यमा प्रेम थापा ३ सय ४५ बलबहादुर थापा २ सय ८९ मत ल्याएर बिजयी भएका छन ।
त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी ३ सय ५३, राजेन्द्र खत्री ३ सय ३९ र जुद्ध बहादुर ऐडीले ३ सय २६ मत ल्याएर बिजयी भएका छन । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको ३ सय २८, कुम्भनाथ योगी ३ सय १४ मत ल्याएर बिजयी भएका छन ।
स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाहीले २ सय ४७ र हिक्मत बहादुर बुढाले २ सय ६ मत ल्याएर बिजयी भएका छन ।
खस आर्य खुला सदस्यहरुमा अन्तिम बहादुर शाही ४ सय ३३, अशोक बहादुर दानी ५ सय ४३, कपुर अधिकारी ३ सय ७ जयन्द्र शाह ३ सय ५, देब बहादुर रोकाया ५ सय १३ मोहोन बहादुर भाट ३ सय ५५ मत ल्याएर बिजयी भएका छन ।
दलित जनजाती समुहबाट तनी थापा भोटेको ३ सय ८४, दलित सदस्य साईमल ल्वार ४ सय ७८ र बिरभान ल्वार ३ सय ९९ र अपाङग अल्पसंख्यबाट कृष्ण कुमार गिरीले ४ सय १७ मत ल्याएर बिजयी भएका छन ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको थिए ।

चर्चामा

सम्बन्धित समाचार