शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराको दोस्रो मतदान हुने पक्का, पण्डित र रावल बिच प्रतिस्पर्धा हुने

नेपाली काँग्रेस बाजुराको दोस्रो मतदान हुने पक्का, पण्डित र रावल बिच प्रतिस्पर्धा हुने

  • बिहिबार, अशोज २१, २०७८
नेपाली काँग्रेस बाजुराको दोस्रो मतदान हुने पक्का, पण्डित र रावल बिच प्रतिस्पर्धा हुने

बाजुरा — नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका उम्मेद्धार कसैको पनि ५१ प्रतिशत नपुग्ने भएको छ । ५१ प्रतिशत मत नपुग्दा पुन मतदान हुने पक्का जस्तै देखीएको छ । जिल्लामा जम्मा १ हजार २ सय १२ मत मध्य १ हजार २ सय ५ मत खसेको पहिलो चुनावको मतगणनाको करिव ३ सय मत गणना हुन बाँकि रहदा दोस्रो चुनाव हुने पक्का जस्तै देखीएको छ ।
९ सय २ मतको गणना हुदा सभापतिका उम्मेद्धार कसैको पनि ५१ प्रतिशत मत पुग्ने  देखीएको छैन । यसो हुदा पहिलो र दोस्रो हुने उम्मेद्धार बिच प्रतिस्पर्धा हुने देखीएको हो ।
अहिले सम्मको मत परिणाम अनुसार सभापतीका उम्मेद्धार कबिराज पण्डिीतको ३ सय ६९ रामसिहं रावलको ३ सय ६८ रहेको छ भने स्वतन्त्र उम्मेद्धार चक्र शाहको १ सय २ मत रहेको छ ।
५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्बाचनमा कसैको पनि ५१ प्रतिशत नपुग्ने देखीएको छ । यस पछिको दोस्रो पटक हुने मतदानमा २ जना सभापतीका उम्मेद्धार कबिराज पण्डित र रामसिहं रावल बिच चुनावी प्रस्पिर्धा हुने भएको छ । चक्र शाह भने पहिलो चुनाब बाटै बाहिरीने पक्का भएका छन । पण्डित देउवा पक्षबाट चुनाबी मैदानमा होमिएका छन भने रावललाई पौडेल सिटौला पक्षको सहयोग भएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार