शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अर्जेन्टिनामा चार बालबालिकासहित सात जनाको जलेर मृत्यु

अर्जेन्टिनामा चार बालबालिकासहित सात जनाको जलेर मृत्यु

  • बुधबार, अशोज २०, २०७८
अर्जेन्टिनामा चार बालबालिकासहित सात जनाको जलेर मृत्यु

एजेन्सी — अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा सात जनाको ज्यान गएको छ ।

एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार