• होमपेज
  • बाजुरा बिशेष
  • उपचारको क्रममा धनगढी लग्दै गर्दा बाजुरा कारागार कैदीको बाटोमा मृत्यु,

उपचारको क्रममा धनगढी लग्दै गर्दा बाजुरा कारागार कैदीको बाटोमा मृत्यु,

आफन्त भन्छन्, कारागारको लापरबाहिले मृत्यु भएको

  • मङ्लबार, अशोज १९, २०७८
उपचारको क्रममा धनगढी लग्दै गर्दा बाजुरा कारागार कैदीको बाटोमा मृत्यु,

बाजुरा — बाजुरा कारागारमा कैद भोग गरिरहेका एक कैदीको उपचारको क्रममा बाटोमा लग्दै गर्दा मृत्यु भएको छ । बुढिगंगा नगरपालिका ८ बस्ने दल बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरा बाट रिफर गरेका थापालाई धनगढी लग्दै गर्दा अछामको चौखुट्टे नजिकै सोमबार राति मृत्यु भएको दल बहादुराका छोरा राजेन्द्र थापाले बताएका छन् । थापाको शव पोष्र्टमाटमका लागि अछाम अस्पतालमा राखिएको छ । आफन्तले कारागारको लापरबाहि भएको भन्दै छानविन नहुदा सम्म शव नबुझ्ने अडान राखेको मृतकका आफन्त नरेन्द्र थापाले वताएका छन् ।
कागारागार बाजुराले समयमै थप उपचारका लागि नलग्दा मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । कारागार शाखा बाजुराका प्रमुख सुनराज रावलले भने आफुहरुको कुनै कमजोरी नभएको वताएको छ । हामीले समयमै अस्पताल उपचारमा पुयाएको हामीहरुको कुनै कमजोरी नभएको रावल वताए । दल बहादुर थापा जबरजस्ती करणी अन्तर्गत १४ बर्ष कैद भोगिरहेका थिए ।
मधुमेह र उच्चरक्तचाप भएका थापालाई जिल्ला अस्पताल बाजुराले १७ गते रिफर गरेको थियो । कारागार शाखा बाजुराले कागजपत्र र आफन्त सँगको सहकार्य गरिरहेको भन्दै १८ गते दिउसो मात्र जिल्ला अस्पताल बाजुरा बाट उपचार लागि धनगढी लगेको अस्पताल बाजुराले जनाएको छ । थापालाई १६ गते कारागाराले उपचारका लागि जिल्ला अस्पताल लगेको थियो, अलि सञ्चो भएपछि त्यहि दिन डिस्चार्ज गरेर कारागार पठाएको थियो । १७ गते अफ्ठयारो भएपछि फेरी अस्पताल बाजुरा भर्ना गरिएको थियो ।अस्पताल बाजुराका प्रमुख डा. दिप्रेन्द्र बुढाका अनुसार थापा मधुमेह रोग बाट पिडित भएर सिकिस्त भएकाले थप उपचारका लागि १७ गते रिफर गरेको वताए । कारागार शाखा बाजुराले पनि काजगपत्र मिलाउन समय लाग्ने र आफन्तले पनि लिन नमान्दा एकदिन ढिला भएको बुढाले वताएका छन् । उनलाई आईसियु आबश्यकता रहेको थियो, यहाँ सम्भब नभएपछि रिफर गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी भने शब पोष्टमार्टमका लागि अछाम अस्पताल राखिएको वताएका छन् । लापरबाही हो या अन्य कारण हो, त्यसको छानबिन हुने बताएका छन् ।

मृतक थापाका आफन्त सत्यतथ्य अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलय बाजुरा पुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार