• होमपेज
  • समाचार
  • बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

  • मङ्लबार, अशोज १९, २०७८
बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

वीरगञ्ज — बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–२० बसन्तपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो।

सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन्।

कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

चर्चामा

सम्बन्धित समाचार